काठमाडौं फेरि बन्यो संसारकै सबैभन्दा बढी प्रदूषित शहर

शुक्रवार काठमाडौं संसारकै सबैभन्दा बढी प्रदूषित बनेको छ । वातावरणसम्बन्धी जानकारी दिने आइक्यू एयर डटकमका अनुसार, काठमाडौंमा शुक्रवार सबैभन्दा बढी प्रदुषण भएको हो ।  शुक्रवार दिउँसोदेखि नै काठमाडौंको वातावरण धुम्म बनेको थियो । दिउँसो २ बजेपछि भने वातावरण अत्याधिक प्रदूषित बन्न पुग्यो । वायु प्रदूषणले भिजिविलिटी कम हुँदा अन्तराष्ट्रिय तथा आन्तरिक उडान नै प्रभावित भएको छ ।  आईक्यूएयरका अनुसार, काठमाडौंको एक्यूआई इन्डेक्स १९३ पुगेको छ ।  यसअघि पनि काठमाडौं धेरै प्रदुषण हुने शहरमा अग्रस्थानमा रह...

सम्बन्धित सामग्री

काठमाडौँ संसारकै दोस्रो प्रदूषित शहर

काठमाडौँ : नेपालको संघीय राजधानी काठमाडौं अहिले संसारकै प्रदूषित शहरको दोस्रो नम्बरमा रहेको छ। वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा हाल काठमाडौं जिल्ला एयर क्वालिटी इन्डेक्स १७२ रहेको छ। काठमाडौं उपत्यकाको वायु केही दिनदेखि अति अस्वस्थकर रहेको चिकित्सकहरूले बताएका छन्। पछिल्ला केही दिनदेखि भएको वायु प्रदूषणमा सुधार हुन सकेको छैन। हरेक सुक्खायाममा काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा पर्ने गरेको छ। देशका विभिन्न भागमा लागेको डढेलोका कारण क

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषित शहर बन्यो काठमाडौँ

काठमाडौँ– काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बन्न पुगेको छ । स्विट्जरल्याण्डको वायुप्रदूषण मापन गर्दै आएको आईक्यू एअरले जनाएअनुसार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बनेको हो । आइक्यू एअरका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक १५४ छ । त्यस्तै वायु प्रदूषणको दोश्रो स्थानमा भारतको कोल्काता शहर छ । त्यहाँको वायु प्रदूषणको सूचकांक १५२ रहेको छ […]

काठमाण्डौ विश्वको छैठौँ प्रदूषित शहर, नेपाल दशौँ नम्बरमा

काठमाण्डाै – काठमाण्डौ विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वर्ल्ड एअर क्वालिटी रिपोर्टको सूचीमा काठमाण्डौ विश्वको छैठौँ प्रदूषित शहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांक अनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । त्यस्तै, देशका हिसाबले बंगलादेश पहिलो सूचीमा छ । एक सय १७ देशका ६ हजार ४ सय ७५ शहरको वायु गुणस्तर तथ्याङ्कमा आधारित प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ । कम्तीमा ९...

काठमाडौं विश्वकै प्रदूषित शहर: अब प्रदुषणबाट कसरी जोगिने ? (हेरौं भिडियो)

लगातार ११ दिनदेखि काठमाडौं शहर विश्वकै प्रदूषित शहर बनिरहेको छ । आईक्यूएयरडटकम का अनुसार काठमाडौं लगातार दुई सातादेखि विश्वको नम्बर एक प्रदूषित शहर बनेको हो ।

फेरि काठमाडौं विश्वकै प्रदूषित शहर

काठमाडौँ / काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ । सोमबार बिहान काठमाडौंको वायु प्रदूषण तीन सय नौ एक्युआई मापन गरिएको हाे । जुन स्वास्थ्यका लागि हानिकारक रहेको बताइछन् । यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर तीन सयभन्दा माथि रहेको छ । सोमबार बिहान काठमाडौँको भिजिबिलिटी १५ सय मिटर... The post फेरि काठमाडौं विश्वकै प्रदूषित शहर appeared first on Purbeli News.

काठमाडौं फेरि विश्वकै सर्वाधिक प्रदूषित शहर

काठमाडौं फेरि विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबार बिहान पौने ८ बजेको समयमा काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित शहर रहेको आईक्यूएयरडटकमले जनाएको छ ।

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर, यस्तो छ एक्यूआई

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर भएको छ । मंगलबार रातिको प्रदूषण अनुसार काठमाडौं दोस्रो प्रदूषित शहर बनेको हो ।