सर्बसाधारणलाई मन्दाकीनी हाइड्रोको आईपिओ आजदेखि

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले आज साउन ९ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा लगानीकर्ताले साउन १२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै कास्की  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ । 

सम्बन्धित सामग्री

इस्टर्न हाइड्रोको पहिलो चरणको आईपिओ आजदेखि

इस्टर्न हाइड्रोपावर लिमिटेडले आज भदौ ७ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको हो ।कम्पनीले स्थानीयलाई ६ लाख २० हजार कित्ता साधारणसभा निष्काशन गरेको हो । यस निष्काशनमा भदौ २१ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा  असोज ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

सर्वसाधारणलाई सयपत्री हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

सयपत्री हाइड्रोपावर लिमिटेडले आज साउन १३ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन १७ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

सर्बसाधारणलाई श्वेतगंगा हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज साउन ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १० गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो ।   कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । यो सानिमा समुह अन्तर्गतको कम्पनी हो ।

सर्बसाधारणलाई राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज असार २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको हो। सर्बसाधारणलाई निष्काशन गरिने  २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २१ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले साउन १ गतेसम्म आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।कम्पनीले जेठ २४ गतेदेखि  असार १० गतेसम्म आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

रसुवागढी हाइड्रोको आईपिओ आजदेखि, प्रभावितहरुको ३ वटा वर्ग कायम

रसुवागढी हाइड्रोपावर कम्पनीले आज असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशन गरेको हो।  कम्पनीले आयोजना प्रभावितहरुको  ३ वर्ग कायम गरेको छ ।  जस अनुसार अति प्रभावितहरुमा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन (साविक थुमन गा.वि.स.) र वडा नं. २ टिमुरे (साविक टिमुरे गा.वि.स.) का स्थानीय रहेका छन्। त्यस्तै प्रभावित वर्गमा प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गाविस) र वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.) का साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम (साविक बृद्धिम गा.वि.स.), वडा नं. ४ लाङटाङ (साविक लाङटाङ गा.वि.स.), वडा नं. ५ स्याफ्रबेशी (साविक स्याफ्रुबेशी गा.वि.स.) र वडा नं. ६ धुन्चे (साविक धुन्चे गा.वि.स.)का स्थानीय रहेका छन् । सामान्य प्रभावितमा माथिको २ वर्गमा नपरेका बाँकी सम्पूर्ण जिल्लाबासीहरु रहेका छन्। आयोजनाबाट अति प्रभावित (गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे), प्रभावित (आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बुद्धिम, वडा नं ४ लाङटाङ, वडा नं. ५ स्याफ्रबेशी र वडा नं. ६ धन्चे) र सामान्य प्रभावित (बाँकी सम्पूर्ण जिल्लाबासीहरु) वर्गमा पर्ने बासिन्दाहरुको लागि शेयर बाँडफाँड गर्दा सोको अनुपात क्रमशः ४.५ : १.५ : १ हुने गरी शेयर बाँडफाँड हुने छ।आईपिओमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन १० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७०० कित्ताको लागि दिन सकिने छ ।नेपाल धितोपत्र  बोर्डले जेठ ३१ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  कम्पनीले आगामी पुस २५ गतेदेखि आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य दिएको छ ।

मन्दाकीनी हाइड्रोको पहिलो चरणको आईपिओ आजदेखि

मन्दाकीनी हाइड्रोले आज असार १ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिकी खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन गरेको हो ।यस आईपिओमा कास्की  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर २,३, ४, र ६ का स्थानीय अर्थात् साविकका सार्दीखोला, घाचोक, लाहाचोक र धिताल गाविसका स्थानीयले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ । लगानीकर्ताले छिटोमा असार १५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमाअसार ३० गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो  ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्न नुमति पाएको हो । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं, जेठ २४ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले यी जिल्लाका स्थानीयलाई ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज मंगलबारदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । आईपिओमा आवेदन […]

राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज जेठ २४ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो ।कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको हो । आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।लगानीकर्ताले छिटोमा असार ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने मुक्तिनाथ क्यापिटल सह बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निश्कह्सं गर्ने छ । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

बलेफी हाइड्रोको पहिलो चरणको आईपिओ आजदेखि बिक्रि खुला

बलेफी हाइड्रोले आज माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो ।कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा फागुन १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते  कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।