मन्दाकीनी हाइड्रोको पहिलो चरणको आईपिओ आजदेखि

मन्दाकीनी हाइड्रोले आज असार १ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिकी खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन गरेको हो ।यस आईपिओमा कास्की  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर २,३, ४, र ६ का स्थानीय अर्थात् साविकका सार्दीखोला, घाचोक, लाहाचोक र धिताल गाविसका स्थानीयले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ । लगानीकर्ताले छिटोमा असार १५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमाअसार ३० गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो  ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्न नुमति पाएको हो । स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

सम्बन्धित सामग्री

सनिगाड हाइड्रोको बिक्री प्रवन्धकमा सन्राइज क्यापिटल

सनिगाड हाइड्रोको सर्वसाधारणका लागि निष्काशन गरिने एक सय रुपैयाँ अकिंत दरको साधारण सेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्न सन्राइज क्यािपटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । साधारण सेयर निष्काशन कार्यको […]

बाराही हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौँ – बाराही हाइड्रोको आईपीओमा आवेदन दिने समय थप भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको जलविद्युतको आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ। हाइड्रोपावरले कात्तिक ४ गतेदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरिरहेको छ। कम्पनीले स्थानीय बासिन्दालाई १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ५० हजार […]

नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यू

नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यू

अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँट

अपर सोलु हाइड्रोको आईपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोला प्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।आईपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ । अपर सोलु हाइड्रोले २० देखि २३ असारसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।यस

अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन

काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जनाले ७१ लाख १ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलब ९० गुणा […] The post अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने

अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो ।कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । प्रतिकित्ता १०० रुपैयाँदरका कुल आईपीओका लागि स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ ला

हाइड्रोको नाममा कवाडीको कारोबार

चिरञ्जीवी मास्के, दोलखा । दोलखाको लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट सिनोहाइड्रो कम्पनीको प्रयोग गर्ने सामग्री भन्दै कवाडी सामान पास गर्ने प्रयास गरिएको छ । हाइड्रोको नाममा कवाडीको कारोबार गर्न खोजेपछि त्यस क्षेत्रका स्थानीयले आठवटा गाडी रोकिदिएका छन् । सिनोहाइड्रोले भने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सकिएपछि अपर त्रिशूली लैजान लागेको आफ्नो सामान रोकिएको बताएको […]

मिठाइ बनाउँदा लुकीछिपी हाइड्रोको प्रयोग

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा चलाइएका मिठाइ पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रोको प्रयोग गरिरहेको पाइएको छ । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनका क्रममा २ वटा मिठाई पसलको भान्छामा हाइड्रोका बट्टा भेट्टाएको हो । मूल सडकमै रहेको तृष्णा मिठाइ पसल र निखिलेश्वरम मिठाइ पसलको भान्छामा भेट्टाइएका ती बट्टाहरु […]