विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा सुखद शुरुवात भएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नै २० प्रतिशतले वृद्धि देखिएको हो ।राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि हुँदै ९२ अर्ब २१ करोड आयात हुन पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । य