आर्थिक वर्ष २०७७/७८ मा कूल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्यांकमा आधारित नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २६.३ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष यस्तो दाबी १२.६ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । २०७८ असारमा बैंक तथ...