काठमाडौं । आइतबारदेखि देशभर १२ वर्षदेखि १८ वर्षका बालबालिकासहितका दीर्घरोगीलाई कोभिड-१९ विरुद्ध फाइजर खोप लगाउन थालिएको छ । यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ । मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार […]