काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असंवैधानिक कदमको सुरुवात तत्कालीन राष्ट्रपति रामवरण यादवले गरेको आरोप लगाएका छन् । बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको बताउँदै त्यतिबेला राष्ट्रपतिले सेनापतिलाई थमौती […]