कालोपत्रेको काम यत्तिकै छाडेपछि धुलोपीडित स्थानीयले रोके सडक

झापा : मेची राजमार्ग अन्तरगतको चारआली–केचना सडक खण्डको कालोपत्रे निर्माण कार्य अझै पूरा नहुँदा स्थानीयले सास्ती झेल्नु परेको छ।निर्माण कम्पनी कालिका, कनकाई र याकथुमहाङ जेभीले ३० महिनामा सक्नुपर्ने सडक निर्माण कार्य अधुरो छाडेपछि भद्रपुरका धुलोपीडित स्थानीय फेरि आन्दोलित बनेका छन्।आन्दोलित बनेका धुलोपीडित स्थानीयले भद्रपुर नगरपालिका कार्यालयदेखि करिब २०० मिटर दक्षिण भानुचोकमा बाँस तेर्साएर सडक अवरोध गरेका छन्।सोमबार बिहान साढे ८ बजेदेखि सडक अवरोध गरेका कारण साना तथा ठूला सवारीसाधन वैकल्पिक

सम्बन्धित सामग्री

बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रेको काम सुरु

म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत बेनी–गलेश्वर खण्डमा आज (शनिवार)देखि कालोपत्रेको काम सुरु भएको छ । गएको वर्ष माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नतिको काम सकेर कालोपत्रेको काम अगाडि बढाइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रे गर्न आजदेखि प्राइम कोट हाल्न सुरु गरिएको आयोजनाका साइड इन्जिनियर अच्युतविसाल पन्तले जानकारी दिए । […]

भारतीय पक्षद्वारा सीमा स्तम्भदेखि नै सडक कालोपत्रे

भारतीय पक्षले कञ्चनपुरस्थित सीमा क्षेत्रमा पिल्लरदेखि नै सडक कालोपत्रेको काम गरेपछि नेपाली पक्षले विरोध जनाएको छ। भारतीय पक्षले गत सातादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीस्थित सीमाक्षेत्रको ८०५÷१(७)नम्बर पिलर क्षेत्रबाटै सडक...

फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु

खोटाङ । खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो । ठेक्काको म्याद नाघेको वर्षदिन भन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राईमकोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको […] The post फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जोमसोम–खन्ती सडकमा कालोपत्रेकाे काम सुरू

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्रेकाे काम गर्न सुरु गरिएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले साढे १६ किलोमिटर दूरीको खन्ती–जोमसोम सडकखण्ड कालोपत्रेको काम सुरु गरेको हो । आयोजनाका प्रमुख जगत प्रजापतिले खन्तीदेखि कालोपत्रेकाे काम गर्न सुरु गरिएको र आस्कपाल्ट प्रविधिमार्फत कालोपत्रेको काम भइरहेको उहाँले बताउनुभयाे । यो […]

तमोर कोरिडोर कालोपत्रेको काम अघि बढ्यो

पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो सडकको रुपमा लिइएको चतरा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर) कालोपत्रे गर्ने काम अघि बढेको छ ।

धनकुटाकाे सिधुवा शुक्रबारे सडक कालोपत्रेको काम तीव्र गतिमा

तेह्रथुम । लामो समयपछि धनकुटाकाे सिधुवा शुक्रबारे–ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । स्थानीय वासीन्दाको दवावपछि कालोपत्रेका लागि निर्माण कम्पनीले तीव्रता दिएको हो । निमार्ण कार्यले तीव्रता पाएपछि जिल्लाको पश्चिम क्षेत्रका नागरिकहरु खुशी भएका छन् । सडक निमार्णका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको लागि तयारी भएको हो । हिउँदामा धुलाम्य […]

सडक कालोपत्रेको काम सुचारु नभए मेयर-उपमेयरलाई नै थुन्ने चेतावनी

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् । स्थानीय हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रवर्द्धन समितिको अगुवाइमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन-पत्र बुझाउँदै सडक कालोपत्रेको […]

बागलुङमा सडक कालोपत्रेकाे काम अलपत्र

बागलुङ । मध्य पहाडी लोकमार्ग अन्र्तगत बागलुङ–घोँडाबाँधे सडकको ट्रयाक खुलेको २४ वर्ष पुग्दा पनि कालोपत्रे हुन सकेको छैन । सडक कालोपत्रे हुन नसक्दा यहाँका नागरिकले सास्ती खेप्दै आउनु परेकोछ । दुई वर्षमा कालोपत्रे गर्ने सम्झौता भएपनि छ वर्ष बितिसक्दा पनि कालोपत्रेको काम अलपत्र परेको हो । सडक कालोपत्रे हुँन नसक्दा बिहुँका स्थानीयले निर्माण व्यवसायी विरुद्ध […]

महुरे–सिमपानी सडक कालोपत्रेको काम ठप्प, स्थानीयले खोसे ठेकेदारको चावी

भुक्तानी नपाएको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीय कामदार तथा व्यवसायीले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड अन्तरगत महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काम ठप्प बनाएका हुन्।...

महुरे–सिमपानी सडक कालोपत्रेको काम ठप्प, स्थानीयले खोसे ठेकेदारको चावी

भुक्तानी नपाएको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीय कामदार तथा व्यवसायीले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड अन्तरगत महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काम ठप्प बनाएका हुन्।...