जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रति आफ्नो पार्टीको पनि समर्थन रहेको जिकिर गरेका छन् । संसद बैठकपछि रातोपाटीसँग कुरा गर्दै नेता यादवले टेबल गर्नका लागि पार्टी सहमत हुनु भनेको नै एमसीसीप्रति समर्थन जनाउनु रहेको बताए । उनले भने, ‘संसदमा एमसीसी टेबल गर्नका लागि जसपाले समर्थन जनाएको हो, अब त्यसलाई पास गराउन पनि सहयोग गर्नुपर्छ ।’ एमसीसी नेपालको हितमा रहेको र नेपालमा हुने विकासलाई कसैले पनि अवरुद्ध गर्न नहुने तर्क गर्दै