बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। भेटमा उनले भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।राजदूत श्रीवास्तव नेपालका लागि भारतका २६ औँ राजदूत हुनुहुन्छ ।