सिमकोट – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हुम्ला आइपुगेका छन्। भारतको सहयोगमा सर्केगार्ड गाउँपालिका–१ जैर गाउँमा निर्मित सरस्वती मावि र चंखेली गाउँपालिका–२ को देउलीमा निर्मित पुस्तकालय भवन उद्घाटनका लागि राजदूत श्रीवास्तव हुम्ला आइपुगेका हुन्। त्यसक्रममा उनले नेपालका ग्रामीण क्षेत्रहरुको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइकालगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाए। दुई देशबीच भाइचार सम्बन्ध रहेको बताउँदै […]