युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरु फर्काउन सरकारसँग एमालेको माग

२१ माघ, काठमाडौं । नेकपा एमालेले युद्धग्रस्त देशहरुमा रहेका नेपालीलाई फर्काउन सरकारसँग माग गरेको छ । हिजो र आज बसेको संसदीय दलको बैठकले युद्धग्रस्त देशहरुमा रहेका नेपालीलाई फर्काउने प्रभावकारी कदम चाल्न माग गर्ने निर्णय गरेको हो । प्रमुख सचेतक पदम गिरीका अनुसार, बैठकले युवा पलायन रोक्नेगरी कार्यक्रम ल्याउन सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको राजधानी सार्ने कदम रोक्न नेकपा एमालेको माग

काठमाडौं, १८ मंसिर । लुम्बिनी प्रदेशको अस्थायी मुकाम (राजधानी) बुटवलबाट अन्यत्र सार्ने निर्णय रोक्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ती जारी गर्दै बुटवलबाट मन्त्रालयहरु अन्यत्र सार्ने प्रदेशको निर्णय तत्काल रोक्न माग गरेका हुन् । केसीले मन्त्रालयहरु सार्ने काम नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा पर्ने भन्दै नसार्न […]

गोरखामा प्रचण्डको क्षेत्रमा पुनः मतदान गर्न एमालेको माग

५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् । सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो […]

सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दल एमालेको माग

कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा  प्रमुख सचेतक शाहले एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागका विषयमा यही माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको बताए । कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिबद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको उनको आरोप छ । प्रदेशसभामा एमालेक...

मोतीपूर औद्योगिक क्षेत्रमा अतिक्रमण रोक्न सरकारसँग एमालेको माग

रुपन्देही । नेकपा एमालेले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सत्ता गठबन्धन दलका कार्यकर्ताको आडमा बस्ती बसाउन खोजेको भन्दै सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण तत्काल रोक्न माग गरेको छ । एमाले नेतृत्वको सरकारले सुरु गरेको औद्योगिक क्षेत्रको ठूलो योजनालाई प्रभावित गर्नेगरी अस्तव्यस्त बनाउन षडयन्त्र रचिएको दावी गरिएको छ । नेकपा एमाले बुटवल उपमहानगरपालिका अध्यक्ष बाबुराम पन्थीले वक्तव्य […]

कर्णालीका मुख्यमन्त्रीलाई एमाले संसदीय दलको १९ बुँदे मागपत्र

वीरेन्द्रनगर (अस) । नेकपा एमाले संसदीय दल, कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफूहरूका विभिन्न कार्यक्रम समेट्न माग गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेशसभामा बजेट प्रस्तुत हुनु केही दिनमात्रै बाँकी रहँदा एमालेले आफ्ना कार्यक्रम पार्न मुख्यमन्त्रीसँग १९ बुँदे माग गरेको हो । आइतवार एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेर पेश गरिएको मागपत्रमा प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्नुपर्ने माग उल्लेख छ । एमालेले दशौंं राष्ट्रिय खेलकुदलाई ध्यानमा राख्दै प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ । यसैगरी सुर्खेत मूलपानी, तेलपानी र बर्दिया भुरीगाउँ सडकको मूलपानी रानीघाट खण्डका लागि कम्तीमा १० करोड, सुर्खेत उपत्यका चक्रपथ निर्माणका लागि २० करोड, निर्वाचन क्षेत्रमा आयआर्जन कार्यक्रमका लागि ५ करोड, औपचारिक संरचना निर्माण गरी प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलित समुदायको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि ५० करोड रुपैयाँ विनियोजन गर्नुपर्ने एमालेको माग छ । प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि २५ करोड, प्रदेशस्तरीय प्रयोगशालाको पूूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि १५ करोड, कोभिड लगायतका महामारी नियन्त्रणका लागि १० ओटा जिल्ला अस्पताल र २७ ओटा रणनीतिक अस्पतालको पूर्वाधार विकासका साथै आवश्यक उपकरण व्यवस्थापनका लागि प्रतिअस्पताल न्यूनतम ३ करोड विनियोजन गर्नुपर्ने मागपत्रमा उल्लेख छ । साथै सुर्खेत उपत्यकाको डुबान समस्या समाधान गर्न निकासदेखि इत्राम खोला र खोर्के खोलामा तटबन्ध निर्माणका लागि १० करोड, प्रदेशले छनोट गरेका १०० पर्यटकीय गन्तव्यको एकीकृत योजना बनाई बजेट व्यवस्था गर्नुपर्ने, राराको पूर्वाधार विकासका लागि ३ करोड, बुलबुले उद्यानको विकासका लागि २ करोड तथा लिमी भ्याली एकीकृत पर्यटकीय विकासका लागि ३ करोड विनियोजन गर्नुपर्ने लगायत  प्रदेशका विभिन्न क्षेत्रका लागि बजेट तथा कार्यक्रमको माग गरिएको छ । उक्त मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले बजेटको क्षमताले भ्याएसम्म सम्बोधन गरिने बताएका छन् ।