कर्णालीका मुख्यमन्त्रीलाई एमाले संसदीय दलको १९ बुँदे मागपत्र

वीरेन्द्रनगर (अस) । नेकपा एमाले संसदीय दल, कर्णाली प्रदेशले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफूहरूका विभिन्न कार्यक्रम समेट्न माग गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेशसभामा बजेट प्रस्तुत हुनु केही दिनमात्रै बाँकी रहँदा एमालेले आफ्ना कार्यक्रम पार्न मुख्यमन्त्रीसँग १९ बुँदे माग गरेको हो । आइतवार एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री कार्यालय पुगेर पेश गरिएको मागपत्रमा प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्नुपर्ने माग उल्लेख छ । एमालेले दशौंं राष्ट्रिय खेलकुदलाई ध्यानमा राख्दै प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ । यसैगरी सुर्खेत मूलपानी, तेलपानी र बर्दिया भुरीगाउँ सडकको मूलपानी रानीघाट खण्डका लागि कम्तीमा १० करोड, सुर्खेत उपत्यका चक्रपथ निर्माणका लागि २० करोड, निर्वाचन क्षेत्रमा आयआर्जन कार्यक्रमका लागि ५ करोड, औपचारिक संरचना निर्माण गरी प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलित समुदायको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि ५० करोड रुपैयाँ विनियोजन गर्नुपर्ने एमालेको माग छ । प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि २५ करोड, प्रदेशस्तरीय प्रयोगशालाको पूूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि १५ करोड, कोभिड लगायतका महामारी नियन्त्रणका लागि १० ओटा जिल्ला अस्पताल र २७ ओटा रणनीतिक अस्पतालको पूर्वाधार विकासका साथै आवश्यक उपकरण व्यवस्थापनका लागि प्रतिअस्पताल न्यूनतम ३ करोड विनियोजन गर्नुपर्ने मागपत्रमा उल्लेख छ । साथै सुर्खेत उपत्यकाको डुबान समस्या समाधान गर्न निकासदेखि इत्राम खोला र खोर्के खोलामा तटबन्ध निर्माणका लागि १० करोड, प्रदेशले छनोट गरेका १०० पर्यटकीय गन्तव्यको एकीकृत योजना बनाई बजेट व्यवस्था गर्नुपर्ने, राराको पूर्वाधार विकासका लागि ३ करोड, बुलबुले उद्यानको विकासका लागि २ करोड तथा लिमी भ्याली एकीकृत पर्यटकीय विकासका लागि ३ करोड विनियोजन गर्नुपर्ने लगायत  प्रदेशका विभिन्न क्षेत्रका लागि बजेट तथा कार्यक्रमको माग गरिएको छ । उक्त मागपत्र बुझ्दै मुख्यमन्त्री शाहीले बजेटको क्षमताले भ्याएसम्म सम्बोधन गरिने बताएका छन् ।

सम्बन्धित सामग्री

एमाले वास्तविक एमाले होइन: प्रधानमन्त्री दाहाल

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज मंगलवार समाजबादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले एमाले वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन्।...

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

काठमाडौं, मंसिर १० । नेकपा (एमाले)का केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्ला रहेको कैलालीमा एमाले निल भएको छ । कैलालीमा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको छ । २०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधि तर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सीट जितेको थियो । तर मंसिर […]

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधबारबाट एमाले परित्याग...

एमालेको ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको चुनावी गीत सार्वजनीक (भिडियोसहित)

२०७४ को चुनावमा ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत गायकका बद्री पंगेनीले यो पटक पनि केही कलाकारहरूसँगको सहकार्य  एमालेको नयाँ चुनावी गीत  ‘मेरो देशै एमाले, म त यसै एमाले’ गाएका छन् ।‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्रीको अलवा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।गीतको भिडियो समेत तयार भएको छ । भिडियोमा चर्चित मोडलहरुको अभिनय समेटिएको छ । गीत सैं पनि एमाले जत्तिकै ल

एमाले नफुटेको भए…

काठमाडौं, ५ मंसिर । नेकपा एमाले फुटेपछि १०औं महाधिवेशनको मुखमा छ । नवौं महाधिवेशनमा एमाले एकजुट थियो । अध्यक्षमा केपी शर्मा ओलीले माधवकुमार नेपाललाई झीनो मतले पराजित गरेका थिए । दुवैको आधा आधा शक्ति थियो । एमाले फुटेपछि ओलीको पार्टीभित्र ९० प्रतिशत शक्ति देखिएको छ । विरोधी शक्तिहरु पनि विभाजित देखिएका छन् । एमाले नफुटेको […]

एमाले कार्यालय च्यासलमा सर्ने

नेकपा एमालेको कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । आइतबार एमाले र प्रतिष्ठानबीच सहमति भएसँगै एमाले कार्यालय थापाथलीबाट च्यासलमा सर्न लागेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी !! अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू यहीँबाट हुनेछन् ...!’, महासचिव पोखरेलले सहमति भएको तस्वीर पोष्ट गर्दै भनेका छन् ।

एमाले फुट पर्खने छुट सभामुखलाई छैन ः एमाले

एमाले विभाजित होस् र त्यसलाई मलजल गर्छु र सहयोग पु¥याउछु भन्ने लागेको छ भने एमाले चुप लागेर बस्दैन । र, पनि, देखि, बाट लाग्दैन पहिले एमाले फुटिसकोस अनि दिन्छु भन्ने छुट सभामुखलाई छैन । यो दलीय व्यवस्था हो दलले निश्काशन गरिसकेपछि स्वतः कार्यान्वयनमा जाने भएकाले माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही तत्काल कार्यान्वयन हुनुपर्छ ।

फुट्यो एमाले

काठमाडौं, भदौ ३। प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक रूपमा फुटेको हो । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको एमाले वरिष्ठ नेता नेपालको नेतृत्वमा नयाँ दल गठन भएको छ । नवगठित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट […]

एमाले फुटाएर माधव नेपालले बनाए नेकपा एमाले (समाजवादी)

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले […]

चौबाटोमा एमाले

राजनीतिको चौबाटोमा उभिन पुगेका प्रधानमन्त्री ओली र एमाले कसरी अघि बढ्छन्, अझै प्रस्ट छैन  नेकपा एमाले यतिवेला विभाजनको सँघारमा छ । एकताको जुन धिपधिपे बत्ती बलेको जस्तो देखिन्छ त्यो ओली पक्ष...