हावाहुरीले रू. ४५ करोड बराबरको केरा क्षति

चितवन (अस) । गत ६ जेठमा चितवनमा परेको असिनापानी तथा हावाहुरीले ४५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । चितवन केरा उत्पादक संघ चितवनका अनुसार जिल्लामा १ हजार बिगाहामा लगाइएको केराखेती पूर्णरूपमा क्षति भएको छ । सानो ठूलो क्षेत्र गरी किसानले लगाएको केराखेतीको करीब  ८० प्रतिशतमा क्षति पुगेको संघका महासचिव जनकराज पन्तले जानकारी दिए । ‘हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति भएको छ,’ पन्तले भने, ‘केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले बीमा गरेका छैनन् ।’ विगतका वर्षमा हावाहुरीले आंशिक रूपमा क्षति गरे पनि अहिले बजारमा लैजान तयार भएका केराको बोटमा क्षति भएको उनले बताए । पश्चिम चितवनमा त्यति क्षति नभए पनि केराको पकड क्षेत्र मानिएको पूर्वी चितवनमा भने पूर्णरूपमा क्षति भएको संघको दाबी छ । चितवनमा ७५० जना किसानले ३ हजार ५०० बिगाहामा व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । केराखेतीमा आबद्ध किसानमध्ये ३०० जनाले मात्र केराको बीमा गरेका संघको तथ्यांक छ । व्यावसायिक रुपमा रत्ननगरमा केराखेती गर्दै आएका बाबुराम भट्टको १२ बिगाहामा लगाएको केराखेती नष्ट भएको छ । बगानका ८० प्रतिशत केरा नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको नोक्सान भएको उनले बताए । अर्का किसान ऋषि गुरुङको १८ बिगाहामा लगाइएको केराखेती नष्ट हुँदा २० लाख रुपैयाँ बराबरको नोक्सान भएको छ । केरा बगानको ७५ प्रतिशत केरा नष्ट भएको उनले बताए । ‘केरामा लाग्ने रोगले भन्दा पनि अहिले हावाहुरी र असिनापानीले बढी क्षति गर्‍यो,’ गुरुङले भने, ‘तयार भएर बजारमा लैजान तयार हुन लागेको पनि केही बाँकी रहेन । भर्खर कोसा लाग्दै गरेको पनि सखाप भयो ।’ महासचिव पन्तको साढे २ बिगाहा क्षेत्रफल जमीनमा लगाएको केराखेती नष्ट भएको छ । केराखेती नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । क्षतिका कारण आफूले गरेको लगानी समेत नउठ्ने र जग्गा भाडा समेत तिर्न नसक्ने अवस्था सृजना भएको उनको भनाइ छ । रत्ननगर–५ झुवानीमा केराखेती गर्दै आएका शिवकान्त न्यौपानेको सात बिगाहामा लगाएको केराखेती नष्ट भएको छ । चितवनमा रत्ननगर, कालिका, खैरहनी, राप्ती र भरतपुरमा केराखेती हुँदै आएको छ । जिल्लामा वार्षिक ७० हजार टन  बढी अर्थात् दुई अर्ब मूल्य बराबरको केरा उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएको केरा ७० प्रतिशत काठमाडौं उपत्यका र बाँकी ३० प्रतिशत देशका अन्य ठाउँमा विक्री हुने गरेको छ ।

सम्बन्धित सामग्री

नवलपरासीमा केरा खेतीबाट राम्रो आम्दानी

नवलपरासी । केरा खेतीबाट नवलपरासीका कृषकले राम्रो आम्दानी गर्न थालेका छन् । उखु खेती लगाउँदै आएका नवलपरासीका कृषक केराबाट आम्दानी राम्रो हुन थालेपछि केरा खेतीतर्फ उन्मुख भएका हुन् । नवलपरासी जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिका केरा खेतीको पकेट क्षेत्र हो । यी क्षेत्रमा दुई हजारभन्दा बढी बिगाहामा केरा खेती हुँदै आएको छ । जसबाट २५ […]

काँचो केरा खानुका फाइदाहरु

सविता सिंह ठकुरी : केरा एउटा मिठो तथा गुणकारी फल हो । यो प्रायः सबै ठाउँमा पाईँछ । अहिलको समयमा केरा खेति निकै बढ्दो छ । कतिपय ठाउँमा मुख्य आम्दानीको रुपमा केरा खेति पनि गर्ने गर्दछन् । हामीहरुले प्रायजसो पाकेको केरा खाने गरेका छौँ । पाकेको केरामा विभिन्न प्रकारका खनिज पदार्थ, पौष्टिक तत्व र भिटामिन […]

कैलालीमा केरा पकाउने च्याम्बर बन्द

टीकापुर । कैलालीको टीकापुरमा करोडौं लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ । तीन करोड ५६ लाख ३६ हजार रुपैयाँको लागतमा बनाइको च्याम्बर गत वर्षसम्म कहिलेकाहीँ सञ्चालनमा आए पनि यस वर्ष भने केराको याम सकिन लाग्दासमेत बन्द छ । आफ्नै गाउँठाउँमा केरा पकाउने च्याम्बर निर्माण हुँदा खुसी भएका यहाँका केरा किसानदेखि उपभोक्ता अहिले […]

म्याग्दीमा केरा खेतीको लहर : केरा बेचेरै शहरमा घर

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय व्यावसायिक केरा खेतीको लहर चलेको छ।म्याग्दीको बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा किसानले अन्नबाली छोडेर व्यावसायिक रुपमा केरा खेती गरेका छन्। यहाँका कृषकले केरा बिक्री गरेर वार्षिक १२ देखि १५ लाख रूपैयाँसम्म प्रतिकिसान आम्दानी गर्दै आएका छन्।व्यावसायिक तवरबाट गरिएको केरा खेतीबाट कृषकले अन्नबालीको तुलनमा ५ गुणा बढी आम्दानी गर्दै आएका छन्। केरा बेचेर भएको आम्दानीबाट पोखरा र बेनीमा घरघडेरी, गाउँमै आरसिसी घर ठड

केरा आयात नरोकिए आन्दोलनको चेतावनी

‘बारीभरि केरा पाकेका छन्। भारतीय केरा आयात तत्काल नरोकिए किसान आन्दोलित हुनेछन् र केरा खोसेर फाल्नेछन्,’ नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले भने, ‘व्यापारीलाई पनि भन्छौं, भारतबाट केरा नल्याउनुहोस्।’...

केरा खेतीले फेरियो जिन्दगी

गलेश्वर– केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उहाँले गाउँमा नै पक्की […]

हावाहुरीले केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी- कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि शङ्कर निकै चिन्तित छन्।  जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि […]

केरा आयातमा रोक लगाउन माग

काठमाडौँ– केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन्। नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन्। उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु पर्ने र कृषि कर्जाको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनु […]

कस्तो केरा खानुहुँदैन ?

केरामा पोटाशियम, फोलेट, कार्बनडाइअक्साइड र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक्ने प्राकृतिक प्रक्रिया हुन्छ । तर, कहिलेकाँही पाकेको केराले शरीरलाई बेफाइदा गर्छ । धेरै पाकेको केरा स्वास्थ्य विशेषज्ञका अनुसार धेरै पाकेको केरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । धेरै पाकेको केराको बोक्रामा कालो धब्बाहरु आउँछ । यस्तो केरामा स्टार्च कम हुन्छ । जुन चिनीमा परिवर्त

कुन बेला कसरी खाने केरा ?

केराले भोक मात्र मेटाउँदैन शरीरमा ऊर्जा पनि दिन्छ । तर कस्तो खालको केरा कुन बेलामा खाने भनी थाहा पाउनुपर्छ । आयुर्वेदका अनुसार, केरा एक्लै खानुपर्छ । अन्य फलफूल वा खानेकुरा वा दूधसँग खानुहुँदैन ।  केरा खाने उत्तम समय बिहान व्यायाम गरेपछि राति कहिले पनि हुन्न खाना खानुअघि वा पछि हुन्न दूध खानुअघि वा पछि हुन्न बेलुका खाना खानुभन्दा एक घन्टा अघि केरा खाएको उत्तम हुन्छ । कस्तो खालको केरा खाने ? पेट पनि भरिने अनि चिनी पनि कम भएको खानेकुरा चाहिन्छ भने अलिकति मात्र पाकेको केरा खाने गर्नुस् । यो प्रिबायो...