कैलालीमा केरा पकाउने च्याम्बर बन्द

टीकापुर । कैलालीको टीकापुरमा करोडौं लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ । तीन करोड ५६ लाख ३६ हजार रुपैयाँको लागतमा बनाइको च्याम्बर गत वर्षसम्म कहिलेकाहीँ सञ्चालनमा आए पनि यस वर्ष भने केराको याम सकिन लाग्दासमेत बन्द छ । आफ्नै गाउँठाउँमा केरा पकाउने च्याम्बर निर्माण हुँदा खुसी भएका यहाँका केरा किसानदेखि उपभोक्ता अहिले […]

सम्बन्धित सामग्री

करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द

टीकापुर । कैलालीको टीकापुरमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ । रु तीन करोड ५६ लाख, ३६ हजारको लागतमा बनाइको च्याम्बर गत वर्षसम्म कहिलेकाहीँ सञ्चालनमा आए पनि यस वर्ष भने केराको याम सकिन लाग्दासमेत बन्द छ ।

कैलालीमा केरा पकाउने च्याम्बर बन्द

कैलालीको टीकापुरमा करोडौं लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ ।

चितवनमा ४५ लाख खर्चेर केरा पकाउने राईपनिङ च्याम्बर निर्माण

नारायणगढको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा पाँच वटा केरा पकाउने राईपनिङ च्याम्बरको निर्माण गरिएको छ।...

म्याग्दीको रघुगंगामा दुई चिस्यान केन्द्र निर्माण गरिँदै

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा दुईओटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने गरी कोल्डस्टोर बनाउन लागेको हो ।      गाउँपालिकाको ‘एक गाउँ, एक उत्पादन’ अभियान अन्तर्गत भगवतीमा संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एक करोड लागतमा कोल्डस्टोर निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले जानकारी दिए । कोल्डस्टोरका लागि प्राविधिकको टोलीका वडा कार्यालय नजिक एक रोपनी जग्गा व्यवस्थापन भएकाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)पछि बोलपत्र प्रक्रियामा जाने प्रमुख भण्डारीले बताए । ‘यहाँ उत्पादन भएको कृषि उपजलाई भण्डारण गरी सीधै बजारमा लैजान सकिन्छ, कृषकका हरेक प्रकारका उत्पादनलाई कोल्डस्टोरमा राख्ने योजनासहित चिस्यान केन्द्रको निर्माण गर्न लागिएको हो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । सुन्तला, केरा र आलुको उत्पादन हुने पिप्ले, भगवती, बेगखोलाकाले धेरै प्रयोग गरे पनि भगवतीको ठूलो भएकाले त्यहाँ गाउँपालिकाका सबै वडाका कृषकको उत्पादनलाई राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । त्यस्तै पाखापानीमा संघीय र गाउँपालिकाको गरी २२ लाख लागतमा एक वर्षभित्र सम्पन्न गर्ने गरी पोर्टेबल कोल्ड च्याम्बर बनाउन आवश्यक तयारी गरिएको छ । भौगोलिक रूपमा विकट र अपायक पर्ने भएकाले झिँ, पाखापानी, चिमखोला र कुइनेमंगले क्षेत्रका कृषकलाई लक्ष्य गरी पाखापानीमा बनाउन लागिएको कोल्ड च्याम्बर एक वर्षभित्र उक्त निर्माण गरिने वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोरको डिजाइन इस्टिमेटको काम अगाडि बढेकाले अगुवा कृषक समेत उत्साहित छन् । कोल्डस्टोर बनेपछि कृषिजन्य वस्तु, फलफूलअन्तर्गत सुन्तलालाई उचित तापक्रममा लामो समयसम्म राखेर बेमौसमी सिजनमा बजारमा पुर्‍याउन सकिन्छ । सिजनमा उत्पादन गरेर विक्रीको तुलनामा बेमौसममा कोल्डस्टोरमा राखेर विक्री गर्दा चार गुणाभन्दा बढी फाइदा हुन्छ । गाउँपालिकाले कृषकको उत्पादन भएको स्थानबाट कोल्डस्टोरसम्म ढुवानी तथा स्टोर सञ्चालनमा सहज हुने गरी कोषसमेत बनाउने योजना बनाएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए । उनले कृषकलाई ढुवानी र भण्डारमा सहज हुने गरी सघाउनेसमेत बताए । रघुगंगामा उत्पादन हुने कृषि र फलफूल करीब ६ महीनासम्म कोल्डस्टोरमा राखेर बजारमा लैजान सकेमा पनि कृषकको उत्पादन र आम्दानी वृद्धि हुने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । कोल्डस्टोरमा राखिएको वस्तुको स्वाद र गुणस्तर ताजा नै हुन्छ र उपभोगका लागि स्वास्थ्यवद्र्धक र स्वच्छ मानिन्छ । चिस्यान केन्द्रकै कारण छिमेकी जिल्ला मुस्ताङको स्याउलाई फागुन, चैतमा समेत खान पाइएको छ भने निर्धारित समयमै कोल्डस्टोर बनेमा रघुगंगामा उत्पादन हुने कृषि र फलफूल वस्तुसमेत बेमौसमी सिजनमा प्रयोग गर्न पाइनेछ । रासस

चार करोडमा बनेको च्याम्बर प्रयोगविहीन

सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्।