मुलुकका विभिन्न जिल्लामा भएका सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको छ । सहकारी ठगीमा संलग्न भएको सरकारी प्रतिवेदन रहेको भन्दै गृहमन्त्रीमातहतको प्रहरीले कसरी निष्पक्ष छानबिन गर्ला भनेर प्रश्न गरेको हो ।