नेपाल–भारत सीमा क्षेत्रमा निरन्तर संयुक्त सुरक्षा गस्ती
नवलपरासी। दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो ।
जनकपुरधाम – जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मंसिर २६ गतेदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्नेलगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए। विवाहपञ्चमीमा आउने तीर्थयात्रीसहितको सवारी साधन प्रवेशमा सहजीकरण गर्ने, भारतबाट हुने गरेको लागूऔषध कारोबार कडाइका […]
दार्चुला– नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा सम्पन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाँधेको थियो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए […]
भैरहवा– मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । आज रूपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका […]
९ भदौ, वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर संयुक्त गस्ती गरिएको हो । निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त गस्ती गरिएको नेपाल तर्फको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले जनाएको […]
धनगढी– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली र कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ । नेपाल भारत सीमा सुरक्षा बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । शनिबार कैलालीमा बसेको दुई पक्षीय सीमा सुरक्षा […]
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ। दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिए। भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। […]
काठमाडौ । नेपाल भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयांदिल्लीमा हुने भएको छ । उक्त बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नु हुने भएको छ । आगामी मंगलबारबाट हुने उक्त बैठकमा नेपाल भारत सीमा क्षेत्रमा देखिएको बिवादको बारेमा समेत छलफल हुने भएको छ । बैठकमा अन्तरदेशीय सीमामा हुने अपराध नियन्त्रण, सीमामा देखिएका […]
जनकपुर । नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बैठकले सुरक्षा सुदृढ बनाउने निर्णय गरेको छ । सोमबार जनकपुरमा दुई देशका सुरक्षा अधिकारीहरुको बैठकले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो ।भारतको विहार राज्यको सीमावर्ती क्षेत्रमा सेप्टेम्बर २९ तारिखमा हुन लागेको ग्रामपञ्चायत चुनावलाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि सीमा नाका सिल गर्ने निर्णय भएको हो ।बैठकमा नेपाली सुरक्षा अधिकारीहरुले सी
जनकपुरधाम : नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सदृढ बनाउने निर्णय सहित जनकपुरधाममा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ।
दुवै देशका सुरक्षा अधिकारीसहितको बैठकले विहारको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतलाई मध्यनजर गर्दै सीमा सिल गर्ने निर्णय समेत गरेको छ। असोज १३ गतेबाट हुन लागेको चुनावलाई लक्षित गर्दै भएको सुरक्षा बैठकमा…