नेप्सेमा करेक्सन : सात कम्पनीको शेयरमा सकारात्म्क सर्किट

काठमाडौ : आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८.२४ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०.४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ बिन्दुले ओरालो लागेर ५७१.१० मा ओर्लेको छ । नेप्से ओरालो लागे पनि […]

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य करेक्सन, करीब ५ अर्बको शेयर किनबेच

काठमाडौं ।  नेप्से परिसूचक बुधवार सामान्य अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक ९ दशमलव शून्य १ अंकले घटेर २ हजार १७३ दशमलव १० विन्दुमा कायम भयो ।  यस दिन कारोबारमा आएका २४८ धितोपत्रको १ करोड ३३ लाख ४ हजार १४० कित्ता ६९ हजार ६३७ पटकमा रू. ४ अर्ब ९२ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ । पछिल्लो समय बजार केही बढ्ने बित्तिकै प्रोफिट बुक गर्नेहरू हाबी भएको देखिन्छ । सोही कारण पनि एक दिन बढेको भोलिपल्टै बजारमा सामान्य करेक्सन देखिएको छ ।  मंगलवार ३२ अंकले बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै यस दिन सामान्य करेक्सन आएको हो । यद्यपि कारोबार रकम भने बढेको छ । मंगलवार रू. ३ अर्ब ७२ करोडको शेयर कारोबार भएकोमा बुधवार झण्डै रू. ५ अर्ब बराबरको शेयर खरीदविक्री भएको छ ।  पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरू बताउँछन् । आज पनि अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । पछिल्लो समय लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूमा रहेकाले जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको देखिन्छ ।  बुधवार पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२६ दशमलव ७० कायम भएको छ । त्यस्तै बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ ।  बुधवार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशत घटेर प्रतिकित्ता रू. ४ हजार ४९५ मा कायम भएको छ । त्यस्तै दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य ६ दशमलव ९२ प्रतिशत घटेर रू. ३७१ दशमलव २० कायम भएको छ ।  यस दिन रिडी पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ३५ करोड ७८ लाख बराबर भएको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यस्तै अपि पावर कम्पनीको रू. १९ करोड ७६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव ४६ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ८४ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव शून्य ९ प्रतिशत घटेको छ ।

शेयर बजारमा सामान्य करेक्सन, साढें ८ अर्बको कारोबार

काठमाडौं, माघ ४ । उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर २९ सय ३६ कायम भएर थामियो । नेप्से घटेपनि क वर्गका कम्पनीको मापक सेन्सेटिभ परिसुचक भने सामान्य अंकले हरियो रहेको छ । कारोबार भने उच्च नै साढें ८ अर्ब नजिक रह्यो […]

नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ४४ करोड बराबरको शेयर खरीदविक्री

माघ ४, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्सेमा सामान्य करेक्सन आएको छ । यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा  १० दशमलव ७८ अंकले घटेर २ हजार ९३६ दशमलव ६६ विन्दुमा कायम भएको छ । यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर १ लाख १५ हजार ९५८ पटकमा रू. ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरु मध्ये सामलिङ पावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४९ दशमलव ३० पुगेको हो । त्यसैगरी दोस्रोमा मध्य भोेटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ८ दशमलव ११ प्रतिशत बढेर रू.४९६ पुगेको छ ।  यो दिन सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५४० मा झरेको हो । त्यसैगरी दोस्रोमा कर्पोरेट डेभललपमेन्ट बैंकको शेयरमूल्य ४ दशमलव ६२ प्रतिशत घटेर प्रतिकित्ता रू. ६२० मा झरेको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २८ करोड ११ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू.२५ करोड ७१ लाख ४२ हजार बराबरको शेयर खरीदविक्री भएको छ । बजार केही दिनदेखि बढेकाले मंगलवार बजारमा सामान्य करेक्सन आएको छ । यो दिन बजार इन्ट्राडेमा नेप्से परिसूचक २ हजार ९८१ विन्दुमा पुगेको थियो । त्यसपछि बढेको बजारमा कारोबारीहरु हावी भएकाले सामान्य करेक्सन आएको हो । सामान्य करेक्सन आउँदैमाथि गएको बजार थप बलियो हुने गर्दछ । माघ लागेसँगै तरलता सहज भएको छ । उता बजार विश्लेषकहरुले भने चुनावी माहोल र विकास खर्च बढ्दै गएकाले पनि शेयर बजार बढ्नमा टेवा पुग्ने बताएका छन् । सूचीकृत कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न शुरु गरेका छन् । यसले गर्दा पनि बजार थप माथि जान सक्ने अनुमान लगाउन सकिन्छ । प्राविधिक विश्लेषकका अनुसार बजारले ३० प्रतिशत बढेपछि सामान्य करेक्सन ल्याउँछ नै । सोही कारण अहिले पनि बजार ३० प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार थामिएको छ । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा बिहीवार दोहोरो अंकको करेक्सन देखिएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अंकले घटेर ३ हजार १०७.४५ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम १४ अर्बमा नै कायम रहेको छ । कूल २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हज...

शेयर बजारमा दोहोरो अंकको करेक्सन, ५ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

वैशाख २०, काठमाडौं । शेयर बजारमा सोमवार दोहोरो अंकको करेक्सन भएको छ । यो दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव ४६ प्रतिशत अर्थात् १२ दशमलव ३५ अंकले घटेर २ हजार ६५२ दशमलव ७५ विन्दुमा झरेको हो ।  आइतवार ५४ अंकले बढेर २ हजार ६६५ दशमलव ११ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ६७६ दशमलव ४६ विन्दुदेखि खुलेको थियो । यो दिन नेप्से परिसूचक २ हजार ६९३ विन्दुसम्म पुगेर तल झरेको हो । समग्र शेयर कारोबार मापक नेप्से परिसूचकसँगै सोमवार ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५६ प्रतिशत घटेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ६९ अंक घटेर ४७५ दशमलव १२ विन्दुमा झरेको हो ।  दोहोरो अंकले करेक्सन भएको बजारमा कारोबार रकम भने आइतवारभन्दा पनि बढेको छ । आइतवार रू. ७ अर्ब ३६ करोड ८ लाख बराबरको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ७  अर्ब ५२ करोड ९२ लाख ९० हजार बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ८८ हजार ४८३ पटकको व्यापारमा भएको हो । सोमवार सर्वाधिक रकमको शेयर कारोबार अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीले आइतवार हकप्रद निष्कासनको अनुमित पाएसँगै कम्पनीको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण देखिएको छ । उक्त कम्पनीले १ बराबर शून्य दशमलव २९३८ को अनुपातमा रू. ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रदप्रति आकर्षित शेयरधनीहरुले सोमवार अपि पावरको रू. ३९ करोड ३५ लाख ५९ हजार बराबरको शेयर किनबेच गरेका छन् । यो दिन अपि पावरको शेयरमूल्य पनि प्रतिकित्ता रू. ८ ले बढेर अन्तिम मूल्य रू. ३६९ कायम भएको छ ।  यसदिन लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । विशाल बजार कम्पनीसहित पाँच ओटा कम्पनीको शेयरमूल्य यो दिन ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।  विशाल बजार कम्पनीको शेयरमूल्य यस दिन ९ दशमलव ९९ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ९ दशमलव ९९ प्रतिशत, महिला लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, ङादी ग्रुप पावरको ८ दशमलव ८८ प्रतिशत र सिंगटी हाइड्रोको ९ दशमलव ७७ प्रतिशतले मूल्य बढेको हो ।  यो दिन विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ५६० ले बढेर अन्तिम मूल्य रू. ६ हजार १६८, नेशनल माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ३३६ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ७००, महिला लघुवित्तको प्रतिकित्ता रू. ३४३ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ७८० पुगेको छ । त्यस्तै, ङादी ग्रुप पावरको प्रतिकित्ता रू. २५ ले बढेर अन्तिम मूल्य रू. २७८ र सिंगटी हाइड्रोको प्रतिकित्ता रू. ३९ ले बढेर अन्तिम मूल्य रू. ४३८ पुगेको हो । लघुवित्त समूहसगै यो दिन लगानी समूहको परिसूचक शून्य दशमलव ५ प्रतिशत बढेको छ । यसदिन बैंकिङ समूहको शून्य दशमलव ५५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३९ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ३७ प्रतिशत, विकास बैंकको १ दशमलव १८ प्रतिशत, जलविद्युतको १ दशमलव २३ प्रतिशत, वित्तको शून्य दशमलव ७२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६१ प्रतिशत परिसूचक घटेको छ ।  त्यसैगरी, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ९ प्रतिशत, अन्यको १ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ५२ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक घटेको छ ।

शेयर बजारमा करेक्सन: विशाल बजार र महिला लघुवित्तको शेयरमा सकारात्मक सर्किट कायमै

बुधवार शेयर बजारमा १३ अंकको करेक्सन आएको छ। मंगलबार एकै दिन करिब ९२ अंक बढेको बजारमा बुधवार सामान्य करेक्सन भएको हो। विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयर मूल्य बुधवार पनि करिब १० प्रतिशतले बढेको छ। यो सहित बजारमा जम्मा ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रैराङ हाइड्रोपावर र सिन्धु विकास बैंकको शेयर मूल्य ४/६ प्रतिशतसम्म घटेको छ। यो सहित १४१ भन्दा धेरै कम्पनीको शेयर मूल्य घटेको छ। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सर्वाधिक २८ करोड रुपैयाँको शेयर किनबेच हुँदा माथिल्लो त...

आज नेप्सेमा सामान्य करेक्सन, ५ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, ७ बैशाख । आज शेयर बजारमा सामान्य अंकले करेक्सन भएको छ । मंगलबार (आज) २.६८ अंकले बढेर २६ सय ६४  दशमलव ६१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.५० अंकले बढेर ४७९ दशमलव ६० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज २१६ कम्पनीको ६५ हजार ७९३ पटक कारोबार भएर ५ अर्ब […]

दोहोरो अंकले घट्यो शेयर बजार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ । मंगलवार ‘करेक्सन’ भएको बजार बुधवार भने पुनः सुधार भएको थियो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीवार नेप्से १६.५५ विन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार पुन...

नेप्सेमा सामान्य करेक्सन, ४.२१ अकंले घट्दा अर्ब माथिको कारोबार

काठमाडौं । सोमबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । धेरै कम्पनीको शेयरमा नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा बजारमा ४.२१ अंकको करेक्सन आएको हो । आज शेयर बजारमा सामान्य गिरावट आएपनि ...