काठमाण्डाै – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनै पनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष शुरु गर्ने चेतावनी दिनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिनुभएको हो । उहाँले आवाजबिहीनको आवाज कसले सुनिदिने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गर्नुभयो । उहाँले कुनै पनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो ...