नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै ७४ पछि बनेको सरकार पनि ढाल्न सक्रिय रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव संक्षेपीकरण गर्दै अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए ।‘बाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत