नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएका बेलामा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव लैजाँदा नेकपा एमालेको केपी ओली गुटले नचाहेका कारण संशोधन प्रक्रिया अघि बढाउन नसकेको बताएका छन् ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता विरोधी, गणतन्त्र विरोधी, समावेशी विरोधी शक्तिहरुले संविधान संशोधन हुन नदिन षड्यन्त्र गरेको आरोप लगाए ।उनले तथाकथित मधेसवादी दल बनाएर माओवादीलाई ग