बाबुरामको प्रतिक्रिया : भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ, प्रतीक्षा गरौं!

काठमाडौं, ४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्नुपर्ने बताएका छन् । आज कर्णाली प्रदेशमा नेकपा (एमाले) का चार जना सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएपछि नेपाली राजनीति यतिवेला तरंगित बनेको छ । यसै सिलसिलामा डा. भट्टराईको यस्तो […]

सम्बन्धित सामग्री

उत्तर प्रदेशको चुनावी नतिजाबारे पहिलो पटक बोले अखिलेश

उत्तर प्रदेशको चुनावी नतिजा आएपछि समाजवादी पार्टी प्रमुख अखिलेश यादवको प्रतिक्रियाको सबैलाई प्रतीक्षा थियो । यसपटक समाजवादी पार्टीले उत्तर प्रदेशमा १११ सिटमा जीत हासिल गरेको छ जबकी भाजपाको खातामा २५५ सिट गएको छ । अलिलेश यादवलाई यसपटक सत्ताको दाबेदार मानिएको थियो । अखिलेश यादवले एक दिनपछि शुक्रबार ट्वीट गरेर नतिजामाथि प्रतिक्रिया दिएका छन् ।अखिलेशले भने, ‘उत्तर प्रदेशका जनतालाई हाम्रो सिट साढे दुई गुणा र मत प्रतिशत डेढ गुणा बढाइदिएकोमा हार्दिक धन्यवाद ! हामीले देखाइदिएका छौँ कि भाजपाक

नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा छनौट, दिल्ली र उडिसामा मञ्चन हुने

काठमाडौं । नेपाली नाटक ‘क्लेशाः’ भारत रंग महोत्सवमा छानिएको छ । विजया कार्की निर्देशित उक्त नाटकलाई नेसनल स्कुल अफ ड्रामाले आयोजना गर्ने महोत्सवमा मञ्चन गर्न लागिएको हो । सन् २०१९ मा नेपालमा मंचन भएको उक्त नाटकले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । कर्मन कला समूहले निर्माण गरेको नाटकलाई प्रतीक्षा कट्टेलले लेखेकी हुन् । कोरोनाभाइरसको […]

मौद्रिक नीतिमा किन ढिलाइ ?

साउन महीनाको शुरूमै जारी भइसक्नुपर्ने मौद्रिक नीति महीना बित्न लाग्दा पनि सार्वजनिक हुने सुरसार छैन । सरकार परिवर्तन भएसँगै मौद्रिक नीतिमा ढिलाइ भएको हो । अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटलाई निरन्तरता दिने कि नयाँ बजेट बनाउने भन्नेमै नयाँ सरकार अन्योलमा रहेको देखिन्छ । उसले एकातिर बजेट अध्यादेश संसद्मा प्रस्तुत गरेको छ भने अर्कोतिर त्यसलाई संसद्मा अघि बढाउन पहल भने गरेको छैन । अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेको भनेर आलोचना भएपछि अर्थमन्त्री र राष्ट्र बैंक गभर्नरले समेत यसको खण्डन गरेका छन् । अहिले बजेट नीति हेरेर मात्रै मौद्रिक नीति ल्याउने प्रतिक्रिया गभर्नरले दिएका छन् । राष्ट्र बैंक स्वतन्त्र निकाय भएकाले अर्थ मन्त्राालयको निर्देशन नचल्ने पूर्वगभर्नरहरूको भनाइ छ । उनीहरूले मौद्रिक नीतिका लागि बजेट कुर्नु नपर्ने प्रतिक्रियासमेत दिएका छन् । यसो हुँदाहुँदै पनि बजेटको कारण देखाउँदै मौद्रिक नीति रोख्नुपर्ने कारण के हो बुझ्न सकिएको छैन । मौद्रिक नीतिमा ढिलाइ हुने भएपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत मौद्रिक नीतिका व्यवस्थाहरू लागू गर्न बैंकहरूलाई भनिसेकेको छ । आर्थिक विषय र नीतिगत निरन्तरताको लागि राजनीतिक दलहरू संवेदनहीन बन्दा सरकारले लिने प्रमुख आर्थिक नीतिहरू बजेट र मौद्रिक नीति दुवै अन्योलमा परेका हुन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन गर्ने सरकारको निर्णय गैरसंवैधानिक भएको भन्दै सर्वाेच्च अदालतले गत असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । यसबाट सत्ताबाट केपी ओलीको बहिर्गमन र शेरबहादुर देउवाको सत्तारोहण भएको छ । तर, ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी गत जेठ १५ गते अध्यादेशमार्फत चालू आर्थिक वर्षको बजेट अन्योलमा परेको छ । नयाँ बजेट कार्यान्वयनमा गइसक्नुपर्नेमा ढिलाइ भएपछि विकास खर्च यसपटक झनै प्रभावित हुने सम्भावना देखिन्छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत बजेट ल्याएपछि उक्त बजेट अनुकूल हुने गरी नेपाल राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । सरकारले बजेट अध्यादेश परिमार्जन गर्न समय लगाउने भएपछि मौद्रिक नीति सार्वजनिक गर्न ढिला भएको हा । मौद्रिक नीतिले आर्थिक वृद्धिदरलाई कसरी सहयोग पुर्‍याउँछ वा पुर्‍याउनुपर्छ भन्ने विषयमा र कोभिड महामारीको कारण समस्या परेका उद्यम व्यवसायलाई कसरी राहत दिने भन्ने विषयमा मौद्रिक नीतिको प्रतीक्षा यस क्षेत्रले गरिरहेका छन् । मौद्रिक नीति बजेटको पूरक होइन । यद्यपि बजेटका लक्ष्य पूरा गर्न मौद्रिक उपकरण सहयोगी हुन्छ र केन्द्रीय बैंकले त्यसैअनुसार नीति तय गर्छ । यस्तोमा बजेट र मौद्रिक नीति दुवैमा विलम्ब गर्नु भनेको कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई थप नकारात्मक प्रभाव पर्न दिनु हो । अहिलेको ढिलासुस्तीले सरकार अर्थतन्त्रप्रति संवेदनशील छैन भन्ने सन्देश दिन्छ । त्यसैले सरकारले यथाशीघ्र बजेट र मौद्रिक नीति ल्याई अर्थतन्त्रलाई सहज बनाउन ढिला गर्नु हुँदैन । अन्यथा यो सरकार पनि ओली सरकार जस्तै बदनामी कमाउने छ । रवीन्द्र आचार्य रानीवन, काठमाडौं ।

तुफानको प्रदर्शन मिति तोकियो

एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।

तुफानको प्रदर्शन मिति तोकियो

एजेन्सी। बलिउड अभिनेता फरहान अख्तरको चलचित्र तुफानको प्रदर्शन मिति तय भएको छ। फरहान अख्तरले सामाजिक सञ्जालमा जुलाई १६ मा अमेजन प्राइम भिडियोमार्फत चलचित्र प्रदर्शन हुने खुलाएका हुन्। यस चलचित्रको प्रदर्शन मिति तय भएसँगै ऋतिक रोशनले अख्तरको पोस्टमा ‘यसको लागि धेरै प्रतीक्षा गर्न सक्दिनँ’ भन्ने प्रतिक्रिया दिएका छन्।

राजेशलाई निखिलको अफर !

निखिलले हमाललाई आफ्नो फिल्ममार्फत कमब्याक हुन प्रस्ताव गरेका छन् । तर, हमालले कुनै प्रतिक्रिया दिएका छैनन् । निखिल–राजेशको भेटघाट ‘चियागफ’मा सीमित हुने हो वा सहकार्यमा बदलिने हो ? यसकै प्रतीक्षा छ ।