सर्वोच्च अदालतमा विचाराधीन वीरगन्जको मुख्य सडक विस्तार मुद्दाको २४औं पेसी पनि सरेको छ । त्रिभुवन राजपथअन्तर्गत वीरगन्ज महानगरपालिकाको गण्डक चोकदेखि पावरहाउस चोक, घण्टाघर, आदर्शनगर, रजत जयन्ती चोक, शंकराचार्यद्वार हुँदै मितेरी पुलसम्म मुख्य सडक विस्तारको मुद्दाको २४ औं पेसी आइतबार थियो ।