आर्थिक अभावका कारण वीरगन्ज–पथलैया ६ लेन सडकको निर्माण प्रभावित भएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि रकम निकासा नभएर अभाव भएको हो । त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुर हुँदै सिर्सिया सुक्खा बन्दरगाहको सडकलाई ६ लेनको बनाउन लागिएको छ । उक्त सडकको निर्माण ८ महिनाअघि सुरु भएको हो । हिजोआज रकम अभावले सुस्त गतिमा काम भएको छ । उक्त २४ किमि सडक खण्डलाई ६ वटा प्याकेजमा निर्माण गर्न थालिएको छ ।