बोटलर्स नेपालको नाफा १२९% ले बढ्यो, ९ महिनामा नेपालीले पिए करिब १० अर्ब रुपैयाँको कोक! :: BIZMANDU.COM

काठमाडौं। बोटलर्स नेपाल बालाजुले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको यहि अवधिको तुलनामा १२९ प्रतिशतले नाफा बढाएको छ

सम्बन्धित सामग्री

घट्यो प्राधिकरणको नाफा

चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । पुस मसान्तमा प्राधिकरणको करअघिको नाफा १० अर्ब ९१ करोड ५९ लाख थियो, तर चैत मसान्तसम्म आउँदा  घटेर...

ग्लोबल आईएमई बैंकको नाफा बढ्यो

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसको प्रति सेयर

गुडविल फाइनान्सको नाफा यस वर्ष ४२.७०% बढ्यो

माघ ९, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७ करोड ९१ लाख ९१ हजार खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ५ करोड ५४ लाख ९१ हजार रहेको थियो । आइतवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ४२ दशमलव ७० प्रतिशत वृद्धि भएको हो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ४२ दशमलव २२ प्रतिशत बढेको छ । गत वर्ष रू. ७ करोड ८४ लाख ६७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड १५ लाख ९६ हजार यो नाफा गरेको हो । यो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ८५ लाख २३ हजार छ ।  यसवर्ष ९ दशमलव १ प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. ९४ करोड ६१ लाख १५ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २३ दशमलव ३९ प्रतिशत बढेर रू. ९५ करोड ७४ लाख ९ हजार कायम भएको छ । यस अवधिसम्म कम्पनीको शेयर प्रिमियम रू. २४ लाख ७५ हजार र रिटेन्ड अर्निङ रू. ८५ लाख २३ हजार छ ।  गत वर्षभन्दा यस वर्ष ३ प्रतिशत बढी रू. १० अर्ब ३८ करोड ५८ लाख ११ हजार निक्षेप संकलन गरेको कम्पनीले ८ दशमलव ६५ प्रतिशत बढी रू. ८ अर्ब ७ करोड ५७ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ३८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ७१ प्रतिशत पुगेको छ ।

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ । बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ । गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’ गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ । सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो । नमज्जाले प्रभावित भए । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।

आयल निगमलाई १० अर्ब नाफा

नेपाल आयल निगमले चालू आर्थिक वर्ष ०७६-७७ मा करिब १० अर्ब रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । निगमले

१० अर्ब ६६ करोड नाफा गरेपछि कुललमान भन्छन् : प्राधिकरणका आगामी दिन अझै सुनौला

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/०७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा गरेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले सुनौला दिन आउन बाँकी रहेको बताएका छन्। कुनै बेला देशमा १८ घण्टा लोडसेडिङ र अर्बौँ घाटामा रहेको प्राधिकरण कुलमानले सम्हालेदेखि प्राधिकरण लगातार नाफाको बाटोमा छ। गत आर्थिक वर्ष...

विद्युत प्राधिकरणको नाफा १० अर्ब ६६ करोड, आगामी दिन अझै सुनौंला : कुलमान

२१ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा सन्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्येकै बढी हो । प्राधिकरणको ३४ औं वार्षिकोत्सवको …