सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ मा रहेकाे पाङ्बोचे मतदान स्थल जिल्लाकै सबैभन्दा उच्च ठाउँकाे मतदान केन्द्रमा परेको छ ।
भाेलि हुने चुनावका लागि पाङ्बोचे आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र करिब ४ हजार मिटरको उचाइमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे ।
याे मतदान केन्द्रमा ३ सय ८४ जना मतदाता रहेका छन् भने मतदान अधिकृतसहित ८ जना कर्मचारी खटिएका छन् । यस ठाउँमा मतदान अधिकृतको रुपमा खुम्जुङ माध्यमिक विद्यालयका प्रधानाध्यापक ङवाङ दोर्ज...