मोरङमा आज कांग्रेसको स्थानीय तहस्तरीय नेतृत्व छानिँदै

मोरङमा नेपाली कांग्रेसले आज स्थानीय तहस्तरीय नेतृत्व चयन गर्दैछ । नेतृत्वका लागि प्यानल नै बनाएर कांग्रेसका नेताहरू चुनावी मैदानमा गएका छन् ।  केन्द्रमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा र उनीइतर समूहजस्तै गाउँनगरमा पनि त्यसको असर देखिएको छ ।  प्रदेश १ को एक मात्रै महानगरपालिकामा विराटनगरमा ४ जना चुनावी मैदानमा छन् ।  सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रवार उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका छन् ।  निर्वाचनमा ६८१ जनाले मतदान...

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : घोराहीमा को बलियो ?

दाङ- नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकाको नेतृत्व नछाड्ने अडानसहित तालमेलको घोषणा हुनुभन्दा एक दिनअघि पत्रकार सम्मेलन गरेर जानकारी दियो। तर, पत्रकार सम्मेलको भोलिपल्ट गठबन्धन दलले घोराही उपमहानगरपालिकामा नेकपा माओवादीको प्रमुख र कांग्रेसको उपप्रमुख रहने निर्णय गर्‍याे। घोराहीका कांग्रेसहरू अझै आफ्नो नेतृत्व चाहन्थे। त्यो सम्भव भएन। घोराहीको १९ वडामा गठबन्धन भएको छ। यद्यपि ठाउँ ठाउँमा असन्तुष्टि देखिन्छ। […]

मोरङ : गठबन्धनमा कांग्रेसको आनाकानी

२९ चैत, विराटनगर । १७ वटा स्थानीय तह रहेको मोरङमा गठबन्धन दलभित्र खटपट देखिएको छ । कांग्रेस भित्रको डा. शेखर कोइराला पक्षको अभिव्यक्ति र पालिकाको नेतृत्व दाबीका कारण खटपट देखिएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा १० वटा पालिका जितेको कांग्रेसले गठबन्धनका लागि आफूले जितेका बाहेक थप दुई स्थानको मेयर दाबी गरिरहेको छ । […]

स्थानीय तह निर्वाचन : गाउँ पसे दलहरु

काठमाडौं । दाङका १० स्थानीय तह मध्य गत स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जीत हात पारेको नेपाली कांग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि हार बेहोर्यो। कांग्रेसले त्यो बेला जिल्लामा आफ्नो बिरासत् गुमेको महसुस गर्‍यो। कारणस् पछिल्लो संविधानसभा निर्वाचनमा जिल्लाको बहुमत एकलौटी कांग्रेसको पक्षमा देखिएको थियो। आसन्न स्थानीय तहको […]

कांग्रेस स्थानीय तह अधिवेशन : मुस्ताङमा सबै सर्वसम्मत, म्याग्दीका दुईमा निर्वाचन

म्याग्दी : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत म्याग्दीका एक नगरपालिकासहित ६ र मुस्ताङका ५ गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो।म्याग्दीको चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ। मुस्ताङका पाँचवटै स्थानीय तहमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ।म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ। आइतबार भएको निर्वाचनमा बेनी नगर सभापतिमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित भएका छन्।रघुगंगा गाउँ

सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहबाट बराबर नेतृत्व

सल्यान : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत सल्यानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाँच÷पाँच स्थानीय तहमा नेतृत्व लिएको छ। शनिबार सम्पन्न अधिवेशनमा १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो। बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो। सर्वसम्मतबाट विजयी हुनेमा त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा समूहका का हुन्। सिद्ध कुमाखमा सहमतिमा सभापति भएका वीरबहादुर बुढाथोकी पौडेल समूहका हुन्।यस्तै, चुनावबाट बनगाड कुपिण्डे नगरपालिका सभा

कांग्रेस स्थानीय तह अधिवेशन : धनकुटाका सातमध्ये चारमा सर्वसम्मत

धनकुटा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनकुटाको सातवटा स्थानीय तहमध्ये दुईमा मतदान, चारमा सर्वसम्मत र एक स्थानीय तहमा निर्वाचन स्थगित भएको छ।चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ। यस्तै, पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा सर्वसम्मत कार्यसमिति चयन भएका छन। धनकुटा नगरपालिकामा आइतबारसम्मलाई सहमतिका लागि स्थगित भएको छ।चौविसे गाउँपालिकाको सभापतिमा गुणराज राईले विजयी भएका छन्। महालक्ष्मीको सभा

कांग्रेसको पालिका अधिवेशन : रुपन्देहीका पालिकाहरुमा क–कसले जिते ?

नेपाली कांग्रेसको शनिबार भएको गाउँ नगर अधिवेशनले रुपन्देहीमा नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ नगर अधिवेशन भएका थिए । शनिबार अवेर धेरै पालिका भएको निर्वाचनको मत परिणाम आएको थियो । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लामा रुपन्देहीमा पनि धेरै पालिकामा गुुटगत चुुनावी प्रतिष्पर्धा भएको थियो भने, केही पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको थियो । रुपन्देहीमा १६ स्थानीय तह छन् ।  बुटवलमा पौडेल निकट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित बुटवल उपमहानगरपालिकामा भएको निर्वाचनमा...

कांग्रेसको वडा अधिवेशन : तनहुँको ८५ मध्ये ६९ वडामा सर्वसम्मत

दमौली- नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ८५ वडा रहेको तनहुँमा ८४ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ६९ वडामा सर्वसम्मत र १५ वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । दश स्थानीय तह रहेका तनहुँमा निर्वाचनबाट चार वडामा महिला सभापति चयन भएको जिल्लास्थित पार्टी कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा अधिवेशन स्थगित भएको छ । […]

कांग्रेस अधिवेशन : रुकुमपूर्वका सबै वडामा सर्वसम्मतबाट नेतृत्व चयन

रुकुमपूर्व : रुकुमपूर्वमा नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ। भदौ १८ गतेदेखि सुरु गरिएकोमा अधिवेशन सोमबार सकिएको हो। रुकुमपूर्वमा तीन स्थानीय तह पुथाउत्तरगंगा गाउँपालिकामा १४, भूमे गाउँपालिकामा नौ र सिस्ने गाउँपालिकामा आठ गरी ३१ वटा वडा रहेका छन्। सबै वडामा सर्वसम्मतबाट वडा कार्यसमितिको नेतृत्व चयन भएको नेपाल महिला संघ जिल्ला सभापति सरिता बुढाथोकीले जानकारी दिइन्। अधिवेशनले वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधि प्रत्येक वडाबाट १६ जनाका दरमा चयन गरिएको छ। जिल्लाभ