चीन र बेलायतबीच व्यापार साझेदारी वार्ता

एजेन्सी। चीन र बेलायतबीच आन्तरिक व्यापारिक साझेदारीका साथै अन्य आर्थिक विषयमा कुराकानी भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यी र बेलायती समकक्षी डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको हो। कोरोना महामारीले दुवै देशमा परेको प्रभाव र उत्पन्न परिस्थितिबारे पनि कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलायती प्रधानमन्त्री बोरिस जोेनसनबीच दुईपटक फोनमा कुराकानी भएको थियो।

सम्बन्धित सामग्री

नेपाल-चीन भर्चुअल माध्यमबाट व्यापार वार्ता, नाका खोल्ने बारे चीनले ठोस जवाफ दिएन

काठमाडौं। नेपाल-चीन सहसचिव स्तरीय व्यापार वार्ता सकिएको छ। सोमबार भर्चुअल माध्यमबाट वार्ता भएको थियो। वार्तामा नेपाली पक्षले १२ महिनानै

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा चीनका विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । बुधबार चीनको चिङ्दाओमा नेपाल–चीन द्विपक्षीय वार्ता भएको थियो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी […]

युरोपेली सङ्घ–चीन व्यापार वार्ता

एजेन्सी । युक्रेन युद्धलाई लिएर युरोपमा तनाव जारी रहेका बेला चीन र युरोपेली सङ्घबीच व्यापार वार्ता हुँदैछ ।

युरोपेली सङ्घ–चीन व्यापार वार्ता

युक्रेन युद्धलाई लिएर युरोपमा तनाव जारी रहेका बेला चीन र युरोपेली सङ्घबीच व्यापार वार्ता हुँदैछ। सिनजियाङमा मानव अधिकारका मुद्दालाई लिएर सशङ्कित बनेको सङ्घले अर्थतन्त्र र व्यापारका विषयलाई केन्द्रमा राखेर बेइजिङसँग उच्चस्तरीय वार्ता गर्न लागेको हो।

युरोपेली सङ्घ–चीन व्यापार वार्ता

युक्रेन युद्धलाई लिएर युरोपमा तनाव जारी रहेका बेला चीन र युरोपेली सङ्घबीच व्यापार वार्ता हुँदैछ। सिनजियाङमा मानव अधिकारका मुद्दालाई लिएर सशङ्कित बनेको सङ्घले अर्थतन्त्र र व्यापारका विषयलाई केन्द्रमा राखेर बेइजिङसँग उच्चस्तरीय वार्ता गर्न लागेको हो।

चीन र अमेरिकाका राष्ट्रपतिबीच सोमवार वार्ता हुने

काठमाण्डाै - चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच वार्ता हुने भएको छ । उहाँहरुबीच आउँदो सोमवार वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ । ह्वाइट हाउसले एक विज्ञप्ति निकालेर राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल वार्ता हुन लागेको पुष्टि गरेको छ । छलफलमा दुवै शीर्ष नेताले आपसी समस्या समाधान र एक अर्काको चासोका विषयमा कुराकानी गर्ने तयारी छ । पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ । हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुव...

व्यापार अवरोध हटाउन अमेरिकी र चिनियाँ प्रतिनिधि बीच ५ महीनापछि वार्ता

जेठ १३, पेचिङ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरु बीच बिहीवार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ ।            दुई देश बीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया भने शुरु भएको छ । वार्तामा सहभागी दुबै पक्षले करका प्रावधानमा रहेका गतिरोध सुल्झाउने तर्फ कहिले वार्ता प्रक्रिया शुरु हुन्छ भन्ने कुनै सङ्केत दिएका छैनन् ।            अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईले व्यापार सम्बन्धका बारेमा “आन्तरिक समीक्षा” अझै जारी रहेको बताएका छन् ।  चीनको वाणिज्य मन्त्रालयले चिनियाँ व्यापार प्रतिनिधि एवं उपप्रधानमन्त्री लिउ हे ले समान चासोका विविध विषय उठाएको बताएको छ, तर विस्तृत विवरण भने दिएको छैन ।            राष्ट्रपति बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध शुरु गरेको व्यापार द्वन्द्वका बारेमा के कस्तो रणनीति अपनाउने भन्ने बारेमा अझै केही बताएका छैनन् । ट्रम्पले चीनको औद्योगिक नीति र व्यापार असन्तुलन बढेको भन्दै चीनबाट आयात हुने सामानमा कर वृद्धि गरेका थिए । त्यसको प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी सोयाबिन खरीद स्थगन गर्नुका साथै अन्य सामानमा करवृद्धि गरेको थियो ।            सन् २०२० को शुरुदेखि कोरोनाभाइरस महामारी फैलिनु अघि देखि नै मध्यस्थकर्ताहरु बीच प्रत्यक्ष भेटवार्ता भएका छैनन् । द्वन्द्व सामान्यीकरण गर्ने अभिप्रायले सन् २०१९ देखि दुबै देश बीच भएको पहिलो चरणको सम्झौता बमोजिम तल्लो तहका अधिकारीहरु बीच फोनबाटै कुराकानी हुने गरेको छ ।            पहिलो चरणको सम्झौतामा एकअर्का मुलुकका सामानमा थप कर वृद्धि नगर्ने र कतिपय सामानमाथि लागेका करहरु हटाउने सहमति भएको थियो । चीनले अमेरिकी सोयाबिनको खरीद बढाउने र अन्य सामानको आयात बढाउने प्रतिबद्धता गरेको थियो ।            कोरोना भाइरस महामारीका कारण विश्व व्यापारमा प्रभाव पारेसँगै चीनले अमेरिकी बस्तु तथा सेवाको खरीदमा ढिलाई गरेको छ । यसैबीच, चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनका उपप्रधानमन्त्री लिउ हे र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाई बीच बिहीवार बिहान टेलिफोनमा वार्ता भएको हो ।        दुबै पक्ष बीच समानता र आपसी सम्मानको भावना अनुरुप खुला, व्यवहारिक र रचनात्मक रुपमा वार्ता भएको छ । साथै दुबै पक्षले वार्तामा आआफ्ना चासो र सरोकारका विषय उठाएको र आगामी दिनमा निकट सञ्चार सम्पर्क स्थापित गर्ने सहमति व्यक्त गरेका छन् ।     रासस/ एपी

अमेरिका चीन व्यापार वार्ता सुरू

अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि पुनः वार्ता सुरू गरेका छन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार विषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएपछि उनीहरू साताैं चरणमा वार्ताको टेबलमा आएक...