काठमाण्डाै - चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच वार्ता हुने भएको छ । उहाँहरुबीच आउँदो सोमवार वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।
ह्वाइट हाउसले एक विज्ञप्ति निकालेर राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल वार्ता हुन लागेको पुष्टि गरेको छ । छलफलमा दुवै शीर्ष नेताले आपसी समस्या समाधान र एक अर्काको चासोका विषयमा कुराकानी गर्ने तयारी छ ।
पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ । हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुव...