कोरोना महामारीबीच नेपाली फिल्मकर्मीले डिजिटल प्लेटफर्मलाई खासै वैकल्पिक बाटोको रुपमा रोज्न सकेन । मौलाउनुपर्ने समयमै कति डिजिटल प्लेटफर्म बन्द भए । महामारीले प्रदर्शन रोकिएका ३ दर्जन बढी फिल्मका लगानी फ्रिज छन् । प्रदर्शन स्थगन गरेर बसेका फिल्मकर्मीहरु डेढ वर्षदेखि बन्द हल पुरानै अवस्थामा फर्कने समयको पर्खाइमा देखिन्छन् ।