काठमाण्डाै – परराष्ट्र मन्त्री डा. नारायण खड्काले चीनसँगको नाकामा देखिएको समस्या समाधानका लागि चिनियाँ पक्षसँग आग्रह गरेको बताउनुभएको छ ।
परराष्ट्र मन्त्री खड्काले आज सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चीनका विदेश मन्त्री वाङ यीसँग नाका खुलाउनका लागि झन्डै एक घण्टा टेलिफोन संवाद गरेको उल्लेख गर्दै दुवै देशको हितका लागि पनि त्याे नाका खुलाउन ढिलाइ गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उत्तरी नाका खोल्न पहल गरिराखेका छौँ । चीनका विदेश मन्त्री वाङसँग त्यही माग राखेर एक घण्टा टेलिफोन वार्ता गरिएको ...