गोरखा अस्पतालका चिकित्सकमाथि कार्यकक्षमै कुटपिट

६ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् । ‘एक जना महिला थाइराइड जाँच गर्न आउनुभएको रहेछ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठले भने, ‘रिपोर्ट चित्त बुझेन भनेर उहाँका ३ जना आफन्तले ओपीडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई […]