कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा विश्वभरि नै फैलिरहेको छ ।
नेपालमा पनि थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरूले सचेत हुन आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले समेत सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । अक्सिजन सिलिन्डर भरेर राख्न समेत भनेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा मात्र ३७८ जना संक्रमित थपिएका छन् ।
दिनदिनै संक्रमित हुनेको संख्या वृद्धि भइरहेको छ । ओमिक्रोन संक्रमणको संख्या समे...