नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्र देशहित विरुद्ध लागेको आरोप लगाउँदै संविधान संसोधन प्रस्ताव पास नहुने दावी गरेका छन्। शनिवार विराटनगर आइपुगेका ओलीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कांग्रेस र माओवादीका साथीहरुलाई उत्ताउलो नहुन आग्रह गर्दछु।’ उनले देशहित विरुद्ध काम नगर्न आग्रह गरे। ‘क्षणिक स्वार्थमा नलाग्न र उत्ताउलोपना…