काठमाण्डाै - मनसुन निस्क्रिय रहेकाले तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् समिर श्रेष्ठका अनुसार ठूलो वर्षा नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुन निस्क्रिय रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले हल्कादेखि मध्यम वर्षाको अनुमान छ।
‘दशैँमा पनि ठूलो वर्षाको सम्भावना छैन, तर हल्कादेखि मध्यम वर्षा हुनसक्छ’ – उहाँले भन्नुभएको छ ।
मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात आउँदो आइतवार फूलपातीसम्म छ । यो अवधि वा योभन्दा छिटो र ढिलो गरी मनसुन बाहिरिन सक्छ । यसपा...