काठमाण्डाै – भाेलि सोमवारदेखि मनसुन थप सक्रिय भइ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसाे ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक बिस्तारै आउने क्रम सुरु भएकाले सोमवारदेखि मनसुन थप सक्रिय भइ देशका धेरैजसाे ठाउँमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
आज रातिसम्म न्यून चापीय रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकाले मनसुन सक्रिय भइ बुधवारसम्म वर्षा हुने सम्भावना देखिएको हो, मौसमविद् पौडेलले भन्नुभयो । जल तथा म...