दाङ : दाङमा बैशाख १७ गतेदेखि २५ गते सम्म लकडाउनको घोषणा गरिएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले नौ दिन लकडाउन गर्ने निर्णय गरेको हो।बैठकले १७ गते शुक्रबार विहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए। खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखि ८ बजे सम्म खुल्ने छन्। यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात संचालनमा रोक लगाइएको छ। बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पत