अब अहिले पनि लकडाउनको कुरा गर्ने, बन्द गर्ने कुरा गर्नेलाई त हामीले गाली गर्नुपर्ने बेला भैसकेको छ । किनकि पहिले हामीसँग कुनै विकल्प थिएन । अहिले त हामीसँग खोप छ ।
खोपको समुचित वितरण नगर्ने, खोप सहज नबनाउने अनि खोप थुपारेर राख्ने र केही भयो कि लकडाउन गर्न तम्सने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अब पनि लकडाउन गर्ने भनेको मुर्खतापूर्ण काम हो । खोप थुपारेर राख्ने अनि लकडाउन गर्ने भनेको जत्तिको नचाहिँदो काम संसारमा कतै हुँदैन ।
अहिले कोरोना विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार भनेको नै खोप हो । नेपाल सरकारले...