काठमाडौंको माइतीघरस्थित सडकको भित्तामा टाँगिएको एउटा ब्यानर बोल्छ– ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार !’ ब्यानरको एकापट्टि पिठ्युँभरि नीलडाम देखिने नन्कुन्नी धोबीको तस्बिर छ । छेउमा लेखिएको छ, ‘घरेलु हिंसापीडित नन्कुन्नी धोबी र विधवा निर्मला कुर्मी हत्याका दोषीलाई पक्राउ गरी कारबाही गरियोस् ।’