पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी) मा रहनु हुँदैन भन्नेमा सत्ता गठबन्धनमा कुनै विमति नरहेको प्रस्ट पारेका छन् ।आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सत्तारुढ सबै दल एसपीपीमा नेपाल सामेल हुनु हुँदैन भन्ने पक्षमै रहेको बताएका हुन् । यद्यपि एसपीपीबाट फिर्ता हुने सम्बन्धमा गठबन्धनमा औपचारिक छलफल नभएको उनको भनाइ थियो ।उनले आइतबार बसेको गठबन्धन बैठकमा पनि नेपालले कुनै पनि सैन्य गठबन्धनमा रहँद