उच्च गतिमा संक्रमण दर बढेपछि नेपालमा उत्पादन भइरहेको अक्सिजन क्षमताले नधान्दा हाहाकार सृजना भएको छ । अक्सिजन उत्पादनभन्दा कोभिडका बिरामीका लागि माग बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले बताए । हाल दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भइरहेको बताउँदै सचिव अर्यालले अस्पतालहरूसँग १० हजार सिलिन्डर मात्रै रहेको बताए । लिक्विड अक्सिजन दिन केही अस्पतालले सुरु गरिसकेकाले सरकार ट्याङ्क किन्ने प्रक्रिया लागेको उनले सुनाए । २०–२० हजार माथिका अक्स