एमाले नेता गोकर्ण विष्टले गठबन्धन सरकारको एक वर्षे कार्यकाल पूर्ण रूपमा असफल बनेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत एमाले सचिव समेत रहेका विष्टले सरकारको मूल्यांकन गर्दै वर्तमान सरकार बनेपछि राष्ट्रिय स्वाधिनता र आत्मसम्मान थप कमजोर बनेको जिकिर गरेका छन् । ‘गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारका बीच राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली