कुमाख गाउँपालिकामा ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिका असार २२ गते राति करिब ११ बजेतिर दुई जना पुरुषबाट बलात्कृत भइन् । पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले जाजरकोटको भेरी नगरपालिका–१२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेतलाई पक्राउ गर्यो । घरमा कोही नभएको मौका छोपी बालिका बलात्कार गर्ने दुवैलाई अहिले कारागार चलान गरिएको छ ।