नेकपा एमालेले आफ्ना उम्मेद्वारविरुद्ध गठबन्धनको निर्णयविपरित माओवादी केन्द्रका बागी उम्मेद्वारको मनोनयन फिर्ताको पहल गर्न माओवादी केन्द्रलाई आग्रह गरेको छ। एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बागी उम्मेद्वारी फिर्ता गर्न माओवादी केन्द्रसँग छलफल भैरहेको बताए। उनले एमालेका तर्फबाट परेका सबै बागी उम्मेद्वारी फिर्ता हुने दावी समेत गरे। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमापार्टीको आधिकारिक पत्र लिएका बाहेक…