काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) सत्ता गठबन्धनकाविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समय यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभएकाे छ ।
माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो । आज मङ्गलवार फेरि अर्को विज्ञप्तिमार्फत थप समय दिइ उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । यस समयभित्र निर्णय ...