दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ । दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए ।सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजार हाराहारी छ । सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास, चुलो वितरण गरिएको रोकायले बताए । उनले रु एक क