रसुवामा डढेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डढेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पुर्याएको र ठूलो परिमाणमा साना बोटबिरुवा नोक्सान भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार रसुवा अन्तर्गत धुन्चे, ठाडे, राम्चे, लोकिल, जुरे ढुङ्गा, भार्खु र कालिका एवं नुवाकोटको घ्याङफेदी र सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रका वन जङ्गल डढेलोको चपेटामा परेका छन् ।शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदया

सम्बन्धित सामग्री

हात्ती गाउँ प्रवेश गरेपछि स्थानीय त्रासमा

धरान । धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन् ।  दैनिक बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन् । हात्ती नडाहाको जङ्गलमा दिनभरी बस्ने र साँझ परेपछि बस्ती प्रवेश गरी बालीमा नोक्सान पुर्याउने गरेको स्थानीय महेन्द्र कार्कीले बताए ।      “साँझ परेपछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन् । स्थानीयले लगाएका फलफूल, केरालगायतका अन्यबाली नोक्सान पु¥याउँदै आएका छन्”, भरौलबासी नीरकुमार कार्कीले भने, “साँझ परेपछि हात्ती धपाउन मानिसहरु तयार हुनुपर्छ । जङ्गल नजिक घर हुने रातभर निदाउन पाउदैनन् ।”  ...

बस्तीमा जङ्गली हात्तीको उत्पात : तीनवटा घरमा तोडफोड

महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्मा चोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर उत्पात मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए । तीन वटा सङ्ख्यामा रहेका हात्तीको समूह अहिले जङ्गल पसेका छन् ।बस्ती पसेको हात्त