मस्कदेखि जुकरबर्गसम्मका विश्वका पाँच सय बढी धनीले गुमाए एक ट्रिलियन बढी डलर

फेसबुकका संस्थापक मार्क जुकरबर्गले सबैभन्दा धेरै सम्पत्ति गुमाएका छन् ।   ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार विश्वका धनी व्यक्ति जुकरबर्गले सबैभन्दा धेरै सम्पत्ति गुमाएका छन् ।

सम्बन्धित सामग्री

फोर्ब्समा रुसी धनाढ्यको बढोत्तरी, प्रविधि उद्यमीले धेरै गुमाए

फोर्ब्सले सार्वजनिक गरेको विश्वका २ हजार ६ सय ४० अर्बपतिको समग्र सम्पत्ति मूल्य सन् २०२३ मा ५ खर्ब डलरले झरेर १२२ खर्ब डलर (१२.२ ट्रिलियन) भएको छ । यसमा पनि ‘बिग टेक बिग लसेस’ अर्थात् ठूला प्रविधिले पछिल्ला वर्षमा बेहोर्दै आएको अधिक घाटाको प्रवृत्तिले यसपालि पनि निरन्तरता पाएको छ ।

विश्वका धनीहरूले २०२२ मा गुमाए १० ट्रिलियन डलर

सन् २०२२ मा विश्वका धनाढ्य व्यक्तिहरुले ऊर्जा, आर्थिक र भूराजनीतिक कारणले संयुक्त रुपमा १० ट्रिलियन अमेरिकी डलर गुमाएको एक नयाँ रिपोर्टले जनाएको छ।

३ दिनमा विश्वका ठूला प्रविधि कम्पनीले गुमाए १० खर्ब डलरभन्दा धेरै

वैशाख  २७, काठमाडौं । गएको तीन दिनमा विश्वका ठूला प्रविधि कम्पनीहरुले १० खर्ब ५९ अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाएका छन् । बुधवार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बेञ्चमार्क ब्याजदर बढाएयता शेयर बजारमा शेल–अफ (आफूसँग भएको शेयर सस्तो मूल्यमै मिल्काउने प्रवृत्ति) देखिएको छ ।  अन्य क्षेत्रको तुलनामा प्रविधि कम्पनीमा यो समस्या चर्को देखिएको छ । महामारीको समयसमेत हालैका वर्षमा बजार बुलिश बन्दा लगानीकर्ताहरुले प्रविधि कम्पनीको शेयरमा लगानी खन्याएका थिए । तर पछिल्लो समय लगानीर्ताहरुले सुरक्षित ठानिएका शेयरमा लगानी बढाउन थालेपछि  प्रविधि कम्पनीको शेयरमा तीव्र कमी आइरहेको छ ।  बुधवार शेयर बजार बन्द भएयता विश्वको सबैभन्दा मूल्यवान पब्लिक कम्पनी एप्पलले २ खर्ब २० अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाइसकेको छ । फेड अध्यक्ष जेरम पावेलले महँगी अति नै उच्च रहेको भन्दै बुधवार ब्याजदर वृद्धिको घोषणा गरेका थिए । बिहीवार, शुक्रवार र सोमवार गरी तीन दिनको कारोबारमा एसएन्डपी ५०० परिसूचक ७ प्रतिशतले घटेको छ । यस अवधिमा नाष्डाक झन्डै १० प्रतिशतले तल झरेको छ । तीन दिनको कारोबारमा बजार पूँजीकरणमा दोस्रो उच्च कमी बेहोर्ने कम्पनी टेस्ला रहेको छ । यसको बजार पूँजीकरण १ खर्ब ९९ अर्ब डलर गुमेको छ । बजार पूँजीकरण १० खर्ब डलरमाथि उक्लिएको केही महीनापछि घटेर १० खर्ब डलर मुनि झरेको छ । तेस्रो स्थानमा रहेको माइक्रोसफ्टको बजार पूँजीकरण १ खर्ब ८९ अर्ब डलर गुमेको छ । एमाजनले १ खर्ब ७३ अर्ब डलर, अल्फाबेट(गूगल) ले १ खर्ब २३ अर्ब डलर गुमाउँदा ग्राफिक कार्ड निर्माता कम्पनी निभिदियाले ८५ अर्ब डलर र फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्मले पनि ७० अर्ब डलर गुमाएको छ । फेडको ब्याजदर वृद्धि, रुसले युक्रेनमा हमला गरेपछि मागमा भएको क्षति, महँगीका कारण उपभोक्ताको खर्च क्षमता संकुचित हुनु, चीनले कोभिड नियन्त्रण गर्न लगाएको कठोर बन्दाबन्दी आदि प्रविधि कम्पनीहरुको शेयर मूल्य घटाउने कारकका रुपमा रहेका छन् ।  फेडले ब्याजदर शून्य नजिक राख्दा प्रविधि क्षेत्रका कम्पनीको शेयरमूल्य वृद्धिमा टेवा दिएको थियो । पछिल्लो समय फेडले आक्रामक रुपमा मौद्रिक नीति कसिलो बनाउन थालेपछि लगानीकर्ताहरुले शेयरलगायत जोखिमयुक्त सम्पत्तिमा गरेको लगानी झिक्न थालेका छन् । आर्थिक अनिश्चय र महँगीले पनि कम्पनीहरु प्रभावित भइरहेका छन् । एजेन्सीहरु

कोभिडका कारण विश्वका महिलाले एक वर्षमा गुमाए ८ खर्ब डलर बराबरको आय

वैशाख १९, वासिङटन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण विश्वभर महिलाहरुले खर्बौ डलर गुमाएका छन् । महामारी बीच उनीहरुले हेरचाहगर्दै काम पनि भ्याउनु पर्ने अवस्था बीच जागिर गुमाएका छन् भने भएको रकम पनि खर्च गर्नु परेको छ । सन् २०२० मामात्रै महिलाहरुले विश्वभर ६ करोड ४० लाख जागिर गुमाएको अक्सफाम इन्टरनेशनलको प्रतिवेदनले देखाएको छ । यो महिलाहरुसँग भएको कुल रोजगारीको करीब ५ प्रतिशत भएको बताइएको छ ।  सोही अवधिमा ३ दशमलव ९ प्रतिशत पुरुषहरुले मात्रै महामारीका कारण जागिर गुमाएका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वभरका महिलाहरुले कम्तिमा पनि ८ खर्ब डलर गुमाएका छन् । यो ९८ ओटा देशहरुको एकमुष्ठ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि धेरै भएको अक्सफामले बताएको छ । कोभिडको महामारीका कारण उत्पन्न आर्थिक कमीको महिलाहरुमा कठोर प्रभाव परेको एक विज्ञप्तिमा अक्सफाम इन्टरनेशनलकी कार्यकारी निर्देशक ग्याब्रिला बुचेरले भनिन् । यसमा अनौपचारिक अर्थतन्त्रमा काम  गर्ने करोडौं महिलाहरुलाई समावेश नगरिएको बताइएको छ । महामारीका कारण यी क्षेत्रमा काम गर्नेको काम गर्ने समय र आय दुबैमा नाटकीय कमी आएको छ । काम छोड्ने महिलाको संख्या पनि उच्च रहेको छ । एजेन्सी

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएन । एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा उल्लेख्य कमी आएको छ ।

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

काठमाडौं : कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएको छैन। एनआरएन स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा...

बलिउडका यी कलाकार, जसले गुमाए अल्पायुमै जीवन

काठमाण्डौं- भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अचानक भएको मृत्युबाट विश्वका कलाप्रेमीहरु यतिखेर स्तब्ध छन्। बलिउडकी यी बहुचर्चित नायिका श्रीदेवीको गत फेब्रुअरी २४ को...