नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले आफुहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका हुन् । ‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो’नेता नेपालको भनाइ छ । उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीक