काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । सोमवार एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलालाई हेय भावले हेर्ने असमानताको दृष्टिकोणलाई परिवर्तन गर्न चेतनामूलक कार्यक्रम र समाजको मनोविज्ञान परिवर्तन गर्ने गरी सङ्घर्ष गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले सभ्य र लैङ्गिक समानतामूलक समाज निर्माणका लागि अग्रसर हुन सम...